१२ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको मंसिर १० गते मृत्यु भएको हाे ।
उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा मिर्गौला र मधुमेहसम्बन्धी समस्या पनि थियो ।
[sidebar name="button post"]









