१२ मंसिर, काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलीरहेकाे अवस्थामा २१ जना जुवाडेलाई पक्राउ गरेकाे छ । मोरङ, उर्लाबारी नगरपालिका-९ बस्ने साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय बाबुराम कार्की लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख २५ हजार १ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास बर्तौला लगायत १४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









