गुल्मीमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु, ३ जना घाइते

१२ मंसिर, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा ६५ बर्षिय डम्बर बहादुर धिताल, ३३ बर्षिय चिव दर्लामी, ३० बर्षिय वसन्त दर्लामी, ३३ बर्षिय धन बहादुर अक्षामी र ८० बर्षिय सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परि घाइते भएका २ जना लाई जिल्ला अस्पताल तम्घास ल्याउने तयारी गरिएको छ ।

[sidebar name="button post"]