चिसो मौसममा तात्तातो खानाबाट टाढा बस्न मुश्किल हुन्छ । यो मौसममा मानिसहरु तत्तातो जेरी, लाल मोहन, हट चकलेट खान असाध्यै रुचाउँछन् । यसै कारण यो मौसममा मानिसहरुको तौल तीब्र रुपमा बढ्ने गर्छ । स्वास्थ्य विज्ञका अनुसार चिसो मौसममा केही खानेकुराले तौल घटाउनुका साथै पेटको बोसोलाई पनि निकै कम गर्न निकै प्रभावकारी भूमिका निभाएको हुन्छ ।
जाडो मौसम सुरु भएसँगै चिसोका कारण देखिने समस्या बढ्दो छन् । जाडो मौसममा यस्ता धेरै प्रकारका रोगहरु लाग्ने गर्छ । जस्तै उदाहरणको लागि दम, रुघाखोकी,बाथ जोर्नीको दुखाई, श्वासप्रश्वास, पिनास जस्ता विभिन्न समस्या जाडो समयमा देखिने गर्छ । चिसोका कारण देखिने यस्ता समस्याबाट मुक्त हुन हामीले उपचारको रुपमा उपलब्ध खनिज पदार्थ तथा जडिबुटीको प्रयोग गरी घरायसी पद्धतीबाट पनि रोग निको पार्न सकिन्छ ।
जाडो मौसममा देखा पर्ने स्वास्थ्य समस्याहरु
– वाकवाकी लाग्ने ।
– टाउको दुख्ने ।
– रुघाखोकी लाग्ने ।
– शरीरका हाडजोर्नीहरु दुख्ने ।
– हात खुट्टा बाउडिने ।
– थकाइ भएको महसुस हुने ।
– रिंगटा लाग्ने ।
यस्ता समस्याबाट छुटकारा पाउन घरेलु उपचारहरु निम्न रहेका छन् ।
– केही मरिचका दाना मुखमा राखेर चपाउने ।
– न्यानो कपडा लगाउने ।
– लसुन पोलेर खाने ।
– अदुवाको सुठो बनाएर खाने ।
– बेसार, ज्वानो, जिराजस्ता उष्ण खानेकुराको सुप खाने ।
– तातो पानी पिउने ।
– तुलसीको रसमा मह मिसाएर खाने ।
– चिल्लो खानेुरा खाए पछि तातो पानी खाने ।








