Ad #144479

११ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको बच्चा ‘केटी– गैँडा’ आज मृत्यु फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो केटीलाई भाले गैँडाले आक्रमण गरेको हुनसक्ने आँकलन गरिएको छ । उक्त केटीको ब्रह्मखाग ‘भर्खर पलाउन लागेको खाग’ तथा खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा योसँगै निकुञ्जमा १५ गैँडा मरेका छन् ।

तीमध्ये चार वटा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा प्राकृतिक र चोरी शिकारीबाट गैँडा मर्नेक्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ भने सुरक्षा पनि बढाइएको छ ।