Ad #144479

११ मंसिर, काठमाडौं । नेपाल प्रहरीले नागढुङगाबाट ३४ थान मोबाइल बरामद गरेको छ । प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा सोही थान मोबाइल मरामद गरेको हो ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङगामा लु.२ ख ४३१५ नम्बरको बसबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल आज बिहान प्रहरीले बरामद गरेको छ ।

बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको डिक्कीमा कार्टुनमा प्याकिङ गरी लुकाई राखेको अवस्थामा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

मोबाइल ल्याउने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।