Ad #144479

११ मंसिर, कास्की । कोरोना संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एक जना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको हाे । उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार राति मृत्यु भएको हाे । उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।