आयोगका पूर्वउपाध्यक्ष शाक्यको संक्रमणबाट मृत्यु

११ मंसिर, काठमाडौं ।  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे मृत्यु भएको हो । उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।

[sidebar name="button post"]