दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आयोगको आग्रह

१० मंसिर, राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवास घटनामा संलग्नलाई कारवाही गरी मृतक तथा पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज जारी गरेको प्रेस विज्ञप्तिमा महोत्तरीको बर्दिवास नगरपालिकाकी छ वर्षीया बालिका गुलाब साह खातुनको हत्याका दोषीलाई कानूनबमोजिम कारवाही गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा उक्त घटनामा कानून हातमा लिन खोज्ने जो कोहीलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरिएको छ ।

आयोगले कुनै पनि आपराधिक घटनामा कानूनबमोजिम कारवाही गर्ने कार्यमा प्रहरीलाई आवश्यक सहयोग पु¥याउन, प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले प्रदर्शनकारीलाई समेत आग्रह गरेको छ ।

बर्दिवासमा खातुनको हत्याको आरोपमा पक्राउ परेका आरोपितलाई कानूनी कारवाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले गरेको आगजनी तथा प्रदर्शनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगको प्रदेश नं २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको जनाएको छ । प्रहरीले चलाएको गोली लागी महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्ति घाइते भएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको छ ।

महिला तथा बालबालिकाउपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिकलाई सर्तक र सचेत रहन जरूरी देखिएको आयोगले जनाएको छ ।आईओएफटीसी अनलाइन पुम्से हुने

मंसिर १०, काठमाण्डौ। इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ ।अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आफ्नो २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा ब्ल्याक वेल्ट र कलर वेल्ट गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुने आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् । ब्ल्याक वेल्टमा पुरुष÷महिलामा समान ११–११ स्पर्धामा खेल हुने छ । कलर वेल्टतर्फ पुरुष÷महिलामा समान १४–१४ स्पर्धा समावेश छन् ।

डिसेम्बर १५ देखि २५ तारिखसम्म बढीमा ९० मिनेट सम्मको श्रब्यदृष्य पठाउनु पर्ने छ । नतिजा ३१ डिसेम्बरमा सार्वजनिक गरिने आयोजकले छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ ।

नेपाली खेलाडीको सहभागितामा सहजीकरण गर्ने हेतुले रामचन्द्र ब्यन्जनकारको संयोजकत्वमा ५ सदस्यीय आईओएफटीसी हेल्प डेस्क टिम नेपाल गठन गरिएको छ । टिमका सदस्यहरुमा रजिन सिंह, अर्जुन महर्जन, निरोज गौतम र नमिका मोक्तान रहेका छन् ।प्रतियोगिताको पहिलो संस्करण गत जुनमा भएको थियो ।

त्यत्ति बेला २८ राष्ट्रका ४ सय २७ खेलाडीले सहभागिता जनाएका थिए । कोरोना भाइरसको जोखिमका कारण खेलमा फर्कन नपाइरहेको अवस्थामा प्रतियोगिताले खेलाडीलाई थारै भएपनि राहत दिने निर्देशक महर्जनले बताए ।

[sidebar name="button post"]