१० मंसिर, रूपन्देही । गुडिरहेको कार अनियन्त्रित भइ दुर्घटना २ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलस्थित कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।
बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा भएको हो । दुर्घटनामा देवदह नगरपालिका वडा नम्बर २ का २९ वर्षीय बिपिन ज्ञवाली र देवदह-१० का २१ बर्षीय सुजन सुनार रहेको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
[sidebar name="button post"]









