पोखरामा थप एक जना संक्रमितको मृत्यु

१० मंसिर, कास्की ।  कोरोना संक्रमणबाट कास्कीको पोखरामा थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान ४ः४० बजे मृत्यु भएको हो ।

उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।

[sidebar name="button post"]