कोरोना संक्रमणबाट विराटनगरमा ४ जनाको मृत्यु

१० मंसिर, काठमाडौं ।  कोरोना भाइरस संक्रमणबाट विराटनगरमा ४ जनाको मृत्यु भएको छ । संक्रमणका कारण नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

धनकुटा नगरपालिका– ४, धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको थियाे ।

धरान उपमहानगरपालिका–७, सुनसरीकी ५० वर्षीया महिलाको मंगलबार राति ९ः१५ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई पनि कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

रामधुनी नगरपालिका–६, सुनसरीका ४० वर्षीय पुरुषकोे मंगलबार राति ११ः४० बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनमा साँझ संक्रमण पुष्टि भएको थियो ।

धनपालथान गाउँपालिका– ६, मोरङकी ७० वर्षीया वृद्धाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । २६ कात्तिकमा अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

[sidebar name="button post"]