नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।
यस्तै आज देशभर ३ हजार ११४ जनालाई कोरोना पुष्टि भएको छ । यो सहित कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । यस्तै ३ हजार १४२ जना कोरोनामुक्त भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जनाले कोरोना जितेका छन् ।
[sidebar name="button post"]











