आज थप ३ हजार ११४ जनालाई संक्रमण पुष्टि

नेपालमा थप ३ हजार ११४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १ हजार ८६७ पुरुष र १२४७ महिला गरी ३ हजार ११४ जनालाई संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यसमध्ये धेरैजसो कोरोनामुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

[sidebar name="button post"]