गण्डकी प्रदशमा थपिए १८८ जना कोरोना सङ्क्रमित, तीनजनाको मृत्यु ।

कार्तिक १६, गण्डकी प्रदेशमा थप एक सय ८८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशका ९ जिल्लामा १६३ सङ्क्रमित थपिएका र तीन जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

आज कास्कीमा १ सय २ सहित नवलपरासी तनहुँ, गोरखा, लमजुङ, बाग्लुङ, स्याङ्जा, पर्वत र म्याग्दी गरी १ सय ८८ जना थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । तिमध्ये चार हजारभन्दा धेरै निको भएका छन् । यसैबीच गण्डकी प्रदेशमा तीनजना कोरोना संक्रमितको ज्यान गएको छ ।

होमआईसोलेशनमा बसेका नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ६ का ६७ बर्षका पुरुष र गैडाकोट ३ की ७७ बर्षकी महिलाको ज्यान गएको छ । यस्तै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत ६२ बर्षकी महिलाको पनि ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

[sidebar name="button post"]