असोज २०, प्रदेश ५ को स्थायी राजधानी दाङकाे भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पारित भएको छ । आज भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।
प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाेडेर स्थायी राजधानी बनाउने प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेको थियो ।त्यसको विरोधमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए ।
कांग्रेसले विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर आज भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृवीप विपरित फ्लोर क्रस गरेका छन् । कांग्रेसका १९ सांसदमध्ये विपक्षमा १३ भोट मात्र खसेको छ ।
[sidebar name="button post"]









