कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको ज्यान गयाे

असोज १५, कारोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको छ ।

दुई सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचाररत सापकोटाको मृत्यु भएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् ।

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

[sidebar name="button post"]