सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

गलकोट नगरपालिका–११ रिघामा गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ ।

२५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहलमा श्रीसलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँको अहिले गण्डकी अपस्पतालमा उपचार भइरहेको छ । “राति शिशु जन्मिएपछि उच्च रक्तस्राव भयो, ज्यान नै जोखिममा पर्ने देखिएपछि हेलिकप्टरबाट पोखरा पु¥याइएको हो”, उहाँले भन्नुभयो ।

[sidebar name="button post"]