यौन हिंसाको शिकार भएका दुई बालिका एसओएस बालग्रामलाई जिम्मा

आफन्तबाटै यौन हिंसाको शिकार भएका दुई बालिकालाई एसओएस बालग्राम इटहरीको जिम्मा लगाइएको छ ।

मानव अधिकारका लागि एकल महिला झापाका संरक्षणमा रहेका उनीहरुलाई आज बालग्रामको जिम्मा लगाइएको हो । हिंसामा परेपछि अभिभावकविहीन उनीहरुलाई ६४ दिनयता एक महिला झापाले संरक्षण दिइरहेको थियो ।

एकल महिला झापाले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको रोहवरमा बालग्रामका प्रमुख डिसी चौधरीलाई ती बालिका जिम्मा लगाएको छ ।

आफन्तबाटै यौन हिंसामा परेका उनीहरुलाई आफन्त पनि नभएपछि गत असार ३१ गतेयता आफूहरुले संरक्षण दिइरहेको एकल महिला झापाका अध्यक्ष रेखा अधिकारीले बताउनुभयो ।

[sidebar name="button post"]