३१ भदौ, काठमाडौं। हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ ।
स्थानीय पुसे कार्कीका अनुसार विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको हो । अहिले दैनिक १५ देखि २० जना बिरामीमा त्यस्ता लक्षण देखा परेको छ ।
बिरामीको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गर्नुभयो ।
गाउँमा उपचारको अभवमा एक बिरामीलाई गएको साता जिल्ला अस्पताल सिमकोट ल्याइए पनि उनको ज्यान गएपछि भने स्थानियमा त्रास वढेको छ । गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीहरु थप समस्यामा परेका छन् ।
[sidebar name="button post"]









