गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भई हाल पोखरा महानगरपालिका–४ गैहपाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत सङ्क्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक÷एक जना थपिएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ जना पुगेको निर्देशनालयले जनाएको छ ।

[sidebar name="button post"]