प्युठानमा स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द

प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ ।

गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माका अनुसार जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण थप फैलिन नदिन तथा सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको स्वाब सङ्कलन गरी पठाउनका लागि स्वास्थ्यचौकीबाट प्रदान गरिएको सेवाहरु बन्द भएको हो ।

शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगाशाला भैरहवामा परीक्षणका क्रममा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

[sidebar name="button post"]