आज लागुऔषधसहित दुई पुरुष पक्राउ

आज महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाले वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ना३ख ९८९ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेको छ । उनीहरुको साथबाट ९ हजार ३०० थान डाइजेपाम इन्जेक्सन र तीन हजार ६०० थान नाइट्रोजेपाम बरामद गरेको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]