कर्णाली प्रदेशअन्तर्गत यहाँ लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सदरमुकाम खलङ्गामा कार्यालयको आज उद्घाटन गर्दै जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको मन्त्री बताउनुभयो । “जनताले सङ्घीयताको प्रत्याभूति घरआँगनमै गर्न सकून् भनेर जिल्लामा कार्यालय स्थापना गरिएको हो”, मन्त्री ज्वालाले भन्नुभयो ।
गत आर्थिक वर्षमा आव समाप्त भइसकेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेकाले चालु आवमा यस्ता खालका समस्या न्यूनीकरण गर्न प्रदेश सरकारले पहल गर्ने जानकारी उहाँले दिनुभयो । सरकारले कर्णाली प्रदेशका सबै जिल्लामा सबै मन्त्रालय मातहतका कार्यालय स्थापना गरेर सरकारी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइने मन्त्री ज्वालाले जानकारी दिनुभयो ।
सल्यानमा प्रदेश मातहतका आठ कार्यालयबाट सम्पादन गरिने क्रियाकलापको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको कार्याललयले जनाएको छ । जिल्लामा कार्यालय नहुँदा प्रदेशबाट सञ्चालित क्रियाकलापका लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता थियो ।
[sidebar name="button post"]









