सिन्धुली जिल्लामा लागुऔषधको कारोबार हरेक वर्ष वृद्धि हुँदै आएको छ । पछिल्लो समय सदरमुकामदेखि ग्रामीण क्षेत्रमा समेत लागुऔषधको उत्पादन, विक्री वितरण र प्रयोग हुन थालेको छ । यसबाट विशेषगरी किशोरकिशोरी तथा विद्यालयका विद्यार्थीहरु बढी प्रभावित भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चार वर्षको तथ्याङ्क हेर्ने हो भने पनि यस्को प्रयोगकर्ता तथा यसमा संलग्नको सङ्ख्या विस्तारै बढ्दै गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले लागुऔषध दुव्र्यसनी, व्यक्तिको मात्र नभई घरपरिवार, समाज र सिङ्गो राष्ट्रका लागि नै समस्या भएको बताउनुभयो ।
उहाँका अनुसार गाँजादेखि नाईट्राभेट ट्यवलेट, स्पास्मोप्रोक्सिभन क्याप्सुल, नाइट्रोसन ट्यावलेट, फेनार्ग एम्पुल, डाईजापा एम्पुल, नोफिन एम्पुल जस्त लागुऔषधको कारोवार हुने गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा लागुऔषधका पाँच, २०७४÷७५ मा १२, २०७५÷७६ मा १४ र २०७६÷७७ मा १३ वटा मुद्धा दर्ता भएको थियो ।
लागुपदार्थ दुव्र्यसेवनमा लागिसकेका व्यक्तिलाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने र लागुपदार्थको कारोबारीलाई कानूनवमोजिम कारवाही गराइएको प्रनाउ खत्रीले बताउनुभयो ।
[sidebar name="button post"]









