२० भदौ, काठमाडौं। बढ्दो कोरोना संक्रमण र लकडाउन, निषेधाज्ञाको कारणले गर्दा उद्योगधन्दा, कलकारखाना, यातायात व्यावसाय बन्द हुँदा धेरै वेरोजगार भएका छन् जसले गर्दा श्रमिकहरुको दैनिक खानपिनमा प्रत्यक्ष प्रभाव परेको छ। जसलाई मध्यनजर गर्दै नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्र (सेरिन )ले त्यस्ता व्यक्तिहरुका लागि खाद्यान्न वितरण गर्न सेरिन फुड सेन्टरको संचालन गरेको छ । जसमा हुनेले दिने नहुने ले लिएर जाने गरि समस्याको बेला हातेमालो अभियान संचालन गरेको हो ।
आज बूढानीलकण्ठ चोकबाट बिहान ७ बजे देखि १० बजे सम्म हातेमालो अभियान संचालन भएको छ। आज १५० भन्दा बढी समस्यामा परेका परिवारले यसबाट लाभ लिएको छन् । स्थानिय समाजसेवीहरुको सहयोगबाट हातेमालो अभियान सुरु गरेको सेरिनले दाल, चामल, नुन र तेल गरेर २/३ दिनका निम्ति पुग्ने खाद्य प्याकेज प्रदान गरेको छ।

बूढानीलकण्ठ चोकबाट सुरु गरिएको अभियान आगामी दिनमा भिन्न भिन्न ठाँउमा दाताको सहयोग र लकडाउन रहे सम्म सेरिनले यो सेरिन फुड सेन्टर कार्यक्रम संचालन गर्ने योजना रहेको कार्यक्रम संयोजक तथा सेरिनका अध्यक्ष राम न्यौपाने ले जानकारी दिनुभयो।









