शिशुवा अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा

पोखरा महानगरपालिकाअन्र्तगत लेखनाथस्थित शिशुवा अस्पतालमा बिहीबार पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराइएको छ ।

शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डा रुपेशसिंह बस्नेत नेतृत्वको चिकित्सक टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको हो ।

बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घरभै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल शल्यक्रिया गरी प्रसुती गराइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रतीभा कोइरालाले जानकारी दिनुभयो ।

लेखनाथ क्षेत्रका महिलालाई शल्यक्रियामार्फत प्रसुती गराउन पोखरासम्मै जानुपर्ने बाध्यता हटेको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसुती सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको थियो भने पोखरा महानगरपालिकाले पनि केही सहयोग गरेको थियो ।

[sidebar name="button post"]