हुम्लामा स्थापना भयो प्रदेश लेखा नियन्त्रण कार्यालय

१८ भदौ, काठमाडौं। हुम्लाको सिमकोटमा प्रदेश लेखा नियन्त्रण कार्यालयको जिल्ला शाखा स्थापना भएको छ । उक्त कार्यलय स्थापना भएपछि प्रदेश सरकार मार्फत आउने योजना सञ्चालनमा सहजता आउनेभएको छ ।

जिल्ला कृषि विकास कार्यालयको भवनमा बुधबार शाखा कार्यालय स्थापना भएको हो । शाखा कार्यालयको प्रमुखमा रामदत्त पाण्डे हुनुहुन्छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र प्रमुख पाण्डेले प्रदेश सरकार मार्फत आउने योजनाको भुक्तानी तथा अन्य काम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

[sidebar name="button post"]