एक सुरक्षाकर्मीसहित ३१ नयाँ सङ्क्रमित भेटिए एक सुरक्षाकर्मीसहित पर्सामा आज ३१ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको नमूनालाई नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पाँच महिला र २६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
गए राति गरिएको पिसीआर परीक्षणको आज दिउँसो आएको रिर्पोटमा सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा निवासी १४, पर्साको पोखरिया नगरपालिकाको विभिन्न वडा निवासी १० जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिप्रकाले दिएको जानकारीअनुसार पटेर्वासुगौली गाउँपालिका निवासी दुई, कालिकामाई गाउँपालिका निवासी तीन र प्रसौनि निवासी एक जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै पर्सामा सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९५ पुगेको छ ।
पर्साबाट एक हजार ६३२ पुरुष र ४६३ महिला हालसम्म सङ्क्रमित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।












