१० भदौ, काठमाडौ। भेरी अस्पताललाई भेन्टिलेटर खरिद गर्न दिइएको डेढ करोड रकम फ्रिज भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको वेवास्ताका कारण सांसद तथा पूर्व सहरी विकास मन्त्री इस्तियाक राईले व्यवस्था गरिदिनुभएको डेढ करोड रकम भेन्टिलेटर खरिद गर्नका लागि प्रयोगमा आएन् ।
स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तरगतको रकम पूर्व मन्त्री राईले व्यवस्था गर्दापनि उपमहानगरपालिकाले पत्र लेखेर नदिदा कोभिड कोषको खातामा
जाने रकम निकासा हुन नसकि फ्रिज भएको हो । त्यति काम पनि नगरेकाले मेयरले सार्वजनिक रुपमै माफी माग्नु पर्ने पूर्व मन्त्री राईे भनाइ छ।












