अवैध ४० बोरा रासायनिक मल बरामद

७ भदौ, काठमाडौं। बाराको स्थानीय प्रशासनले भारतबाट तस्करी गरेर ल्याएको अवैध ४० बोरा रासायनिक मल बरामद गरेको छ ।

बाराको सिम्रौनगढ गाउँपालिका अन्तर्गतका सिमा नाका बाट ९ वटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान रासायनिक मल बरामद गरेको हो ।

निषेधाज्ञाको समयमा पनि ओहोर दोहोर गरिरहेको गुनासो आएपछि अनुगमन गर्नजादा तस्करहरु समातिएका हुन ।

[sidebar name="button post"]