मृत्यु पछि हेटौँडाका एक पुरुषमा कोरोना पुष्टि

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उहाँको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको छ ।

चितवन मेडिकल कलेजको प्रयोगशाला हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत उहाँको पोजेटिभ आएको थियो ।

सोही मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतीजा आउन बाँकी रहेको उहाँले बताउनुभयो । अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

[sidebar name="button post"]