समयमै विकास निर्माणको काम पूरा गर्न योजना क्यालेन्डर निर्माण

दाङको तुलसीपुर उपमहानगरपालिकाले समयमै विकास निर्माणको काम पूरा गर्न योजना क्यालेन्डर निर्माण गर्ने भएको छ ।

चालू आर्थिक वर्षभित्र सञ्चालन हुने योजनालाई समेटेर क्यालेन्डर निर्माण गर्ने भएको हो । समयमै योजनाको डिपिआर र लगत स्टिमेट नबनेका कारण वर्षको अन्त्यमा मात्रै योजना सम्पन्नको चटारो हुने भएको भन्दै यस्तो योजना अगाडि बढाएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँका अनुसार अहिले उपमहानगरपालिकामा १६ सिभिल इञ्जीनियर, १२ सवइञ्जीनियर, १६ असिस्टेन्ट सवइञ्जीनियर र १२ जना अमिन रहेका छन् ।

अहिले हरेक वडावडामा प्राविधिक जनशक्ति पठाएर उपमहानगरपालिकाले वडाबाटै प्राविधिक काम अगाडि वढाइरहेको छ । समयमै योजनाको डिपिआर र प्राविधिक स्टिमेट नहुँदा जनताले दःुख पाइरहेको भन्दै यस्तो हुन नहुने उहाँको भनाइ छ ।

[sidebar name="button post"]