रुबीभ्याली गाउँपलिकाका पहिरो पीडितको उद्धार

रुबीभ्याली गाउँपलिका वडा नम्बर १, २ र ३ का पहिरो पीडितको उद्धार गरिएको छ । छ परिवारलाई गाउँपालिकाले उद्धार गरी वडा नम्बर २ स्थित तिप्लिङ ठूलो गाउँमा राखिएको गाउँपालिका – २ का वडाध्यक्ष पेम्बा घलेले जानकारी दिनुभयो ।

उद्धार गरिएकाहरुमा ओममाया तामाङ घले, सिंथापा तामाङ, लीलसिं तामाङ, कामी घले, सुप्पा घले र कान्छीमाया तामाङको परिवारलाई गाउँमा राखिएको हो ।

घरमाथि आएको पहिराले घरमा बस्न नसकिने भएपछि उनीहरुलाई गाउँपालिकाले उद्धार गरेको हो । साथै उनीहरुको घरगोठमा ठुलो क्षति पुगेको छ ।

गाउँमा पानी परिरहेकाले घरमा भएको अन्नपात र भाँडासमेत झिक्न नसकिएको वडाध्यक्ष घलेले टेलिफोनबाट जानकारी दिनुभयो । सो परिवारलाई चामल, दाल, नुन र तेल गाउँपालिकाले वडा कार्यालयमार्फत उपलब्ध गराएको हो ।

[sidebar name="button post"]