कोरोना भाइरसकाे संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक पुरुषको मृत्यु

कोरोना भाइरसकाे संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ।

वीरगञ्जको आठराहा सुगौली टोल घर भएका ४५ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

शनिबार बिहान अचानक श्वासप्रश्वासमा समस्या आउनुका साथै नाक र मुखबाट रगत निस्केपछि उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो।

ती पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमा नै ज्यान गएको मेसु उपध्यायले बताए। अस्पतालको आकस्मिक कक्षमा ल्याइएका मृतकको स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए।

 

[sidebar name="button post"]