सिन्धुपाल्चोक पहिरो अपडेट : सात जनाको शव भेटियो

साउन ३०, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा बिहान खसेको पहिराेमा परी हराएकामध्ये सात जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर सात जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा परेकामध्ये अझै ३१ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भईरहेको छ । पहिराेमा परी घाइते भएका ५ जनाको उद्धार भएकाे छ ।

घाइतेलाई हेलिकप्टरमार्फत् चौतारा र काठमाडौँ पठाइएको महर्जनले बताउनुभयो । पहिरोले ३७ घरमा नोक्सानी भएको छ ।

[sidebar name="button post"]