Ad #144479

साउन ३०, कालिकोटको महाबै गाउँपालिका ३ नकुमा पहिरो जाँदा बेपत्ता ६ जना बालबालिकाको शव भेटिएको छ ।

बिहिबार राती वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुरिदा बिष्टका १३ वर्षका छोरा पुष्प बिष्ट, ११ वर्षका प्रविन बिष्ट, छोरी १८ वर्षका सबिना बिष्ट, १५ वर्षकी आशा बिष्ट र डिलबहादुर बिष्टका १९ वर्षका छोरी शान्ती बिष्ट र १० वर्षका रेखा बिष्टको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र बाँस्तोलाले बताउनुभयो । स्थानीयबासिन्दा, जनप्रतिनिधि र प्रहरीले पहिरोबाट शव निकालेका हुन् ।

पहिरोले पुरै गाउँ जोखिममा रहेको स्थानीय खेमबहादुर सिँहले बताउनु भयो । घरको तल्लो तलामा रहेका बालबालिकालाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।