काठमाडौंको कागेश्वरी मनोहरामा १५ वर्षीया किशोरी बलात्कृत

साउन २९, काठमाडौंको कागेश्वरी मनाेहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भई कागेश्वरी मनाेहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षका डेविट भनिने सुशील खड्कालाई पक्राउ गरेको छ ।

गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ जवरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिनुभयाे ।

पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उहाँले जानकारी दिनुभयाे ।

 

 

[sidebar name="button post"]