पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिए

२९ साउन, पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षका तीनजना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडानम‍्बर-१३ का २२ र २५ वर्षका दुईजना महिला,  ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष रहेका छन् ।

एक जना संक्रमित भने लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुष रहेका छन् ।

प्रदेशमा हालसम्म १९०१ जना डिस्चार्ज भएका छन् भने ६ जनाको भने मृत्यु भएको छ । १४५ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

[sidebar name="button post"]