साउन २६ ,काठमाडौ। पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षकी एक महिलामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा हिजो ज्यान गएको अस्पतालका इन्चार्ज डाक्टर उदयनारायण सिंहले बताउनुभयो ।
हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशाला पठाईएकोमा आज सार्वजनिक भएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च रक्तचाप र हाइपोथाइराइडबाट सङ्क्रमित महिलालाई कोरोना आशंकामा हिजो गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालको आइसीयू कक्षमा उपचारका क्रममा उहाँको ज्यान गएको डाक्टर सिंहले बताउनुभयो ।












