नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेका अनुसार सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको थियो ।
उहाँका अनुसार बहिनीको घरमा जाँदै गरेका उनको भिरबाट लडेपछि उद्धार गरेर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । शव परीक्षणका लागि आज बिहान त्रिशूली अस्पतालमा ल्याइएको छ ।