सुरक्षा मापदण्ड नअपनाए कारवाहीको चेतावनी

जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने पोष्टले जनाएको छ ।

पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार घर बाहिर मास्क नलगाइ हिँड्डुल गर्ने व्यक्तिलाई पनि दण्ड जरिवाना गरिने छ । साथै जिल्लाभित्र होटल, रेष्टुराँमा सामूहिक भोज–पार्टी, सेमिनार वा सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कारवाही गरिने छ । अब कडाइकासाथ अनुगमन गरिने र यदि त्यस्तो पाइएमा तत्काल कारवाहीको सिफारिससमेत गरिने उहाँले जनाउनु भयो ।

गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गर्ने केन्द्र र पोष्टले जनाएको छ ।