कपिलवस्तु प्रशासनले १० दिनका लागि निधेषाज्ञा जारी गरेको छ। कोरोना संक्रमण समुदायस्तरमै फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले १० दिनका लागि निषेधाज्ञा जारी गरेको हो।
प्रशासनले शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लागू रहने छ।
जिल्लामा बिहीबार साँझसम्म ८ सय ४० जना संक्रमित भेटिएका छन्। जसमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेका छन्।
अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्था र सार्वजनिक यातायातका सवारी साधन पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ।