वाग्मती प्रदेशका प्रहरी भवन निर्माण योजनाअन्तर्गत रु ३१ करोडको लागतमा हेटौँडामा वाग्मती प्रदेश प्रहरी कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । साढे चार तलाको १२२ कोठाको कार्यलय भवन सुविधासम्पन्न हुने जनाइएको छ ।
कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्त लामाका अनुसार तीन वर्षमा सम्पन्न गरिने उक्त भवनको निर्माण ठेक्कामार्फत गरिने छ । हाल त्यहाँको भवन जीर्ण भइसकेको छ । भवन निर्माणका लागी वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा निर्माण भइरहेको जनाइएको छ ।
प्रदेशअन्तर्गत करीब तीन दर्जन प्रहरी भवन निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।कतिपय स्थानमा निर्माण भइरहेका छन भने कतिपय स्थानमा प्रक्रिया अगाडि बढीरहेका छन । गोरखा भूकम्पले क्षतिग्रस्त र जीर्ण तथा प्रहरी भवन नभएको स्थानमा भवन निर्माण भइरहेका छन । ।
प्रदेश प्रहरी कार्यालयले प्रहरीलाई अनुशासित गराउन विशेष अभियान शुरु गरेको छ ।महानिरीक्षक लामाका अनुसार घुस लिने र दिने दुवैलाई कारवाही गरिएको छ । साथै अपराध नियन्त्रण तथा लागूऔषध नियन्त्रण कार्य पनि प्रभावकारी रुपमा अगाडि बढाएको उहाँले जानकारी दिनुभयो