गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ। संक्रमित हुनेमा कास्कीका १४, स्याङ्जाका ११, बागलुङका ६, तनहुँका ३, लम्जुङका ३ र नवलपरासी पूर्वका १ गरि जम्मा ३८ जना पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयको अनुसार १ हजार ४ सय ७९ पुगेका गण्डकी प्रदेशका संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा पोखरा महानगरपालिकामा १४ जना, स्याङ्जाको गल्याङमा ८ जना, बिरुवामा एक जना, पुतलीबजार र भिरकोटमा एक–एक जना, बागलुङको काठेखोला र बडिगाडमा २–२ जना, बागलुङ र जैमिनीमा १–१ जना, तनहुँको व्यास नगरपालिकामा २ जना, ऋषिङमा १ जना, पूर्वी नवलपरासीको बौदीकालीमा १ जना र लम्जुङको बेंसिशहरमा २ जना रहेका छन् ।
प्रदेशका संक्रमितहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ भने कोरोना निको भएर घर फर्किनेको संख्या १ हजार २ सय ३० रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।