गणेश हिमाल तराई यातायातको गाडी सञ्चालनमा
कोभिड–१९ का कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् ।
सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने निर्णय गरेसँगै काभ्रेपलाञ्चोक जिल्लामा गणेश हिमाल तराई यातायात प्रालिले बिपी राजमार्गको बनेपा–भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमाना आँपघारीसम्म सेवा दिन थालेका हुन् ।
प्रालिका अध्यक्ष आत्माराम थापाले सरकारले तोकेको मापदण्डभित्र रहेर सञ्चालन गर्ने गरी बस सञ्चालन गरी सेवा दिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै बस पूर्णरुपमा चलेका छैनन्, तर हामीले जिल्लाभित्रका रुटमा असार २७ गतेबाट अलिअलि भए पनि निरन्तर सञ्चालन गर्न थालेका छौँ ।” काभ्रेपलाञ्चोक जिल्लामा रहेको पाँच वटा यातायात प्रालिमध्ये चार वटा समितिले भने महासङ्घले गरेको निर्णयअनुसार आगामी साउन ८ गतेबाट मात्रै सेवा दिने जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग यसअघि गरेको छलफलमा भाडादरमा ७५ प्रतिशत वृद्धि गर्नुपर्ने र अन्तर जिल्ला सञ्चालन गर्न पाउनुपर्नेलगायतको विषयमा थप छलफल भइरहेकाले आगामी ८ गतेदेखि सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभयो ।
गाडी मर्मत गर्ने, मजदूरको कोरोना बीमाको लागि प्रक्रिया अगाडि बढाउने र कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै मजदूरका लागि बनेपामा ३० श्याको क्वारेन्टिन बनाउने तयारीमा काभ्रे यातायात समन्वय समिति जुटिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
[sidebar name="button post"]