दशैंमा पनि पाएनन् कर्मचारीले तलब भत्ता

१३ असोज । हिन्दूहरुको महानचाड दशैंमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् ।

विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दसँैको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेका शिक्षक सम्ला चौधरीे बताउनुहुन्छ ।

सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन् ।

[sidebar name="button post"]