म्याग्दीमा रूखबाट खसेर एकको मृत्यु

१० फाल्गुन, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडिको वीरेन्द्रचोकस्थित पीपलको रूखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२÷४३ वर्षका थामबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले रूखबाट खसेर सख्त घाइते भएका पुनलाई बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

[sidebar name="button post"]