बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ ।

सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका-१ को सकारतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको थियो।

सुर्नया गाउँपालिका-१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका-१ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको हो ।

गम्भीर घाइते उनीहरूको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको हो । घाइतेमध्ये अन्य ५ जनाको पाटन र गम्भीर घाइते एक जनालाई डडेल्धुरा रेफर गरिएको छ।

जीपमा चालकसहित ११ जना सवार थिए। तर जीप चालक भने फरार छन्। जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण भने खुलेको छैन ।

[sidebar name="button post"]