लागूऔषधसहित दुई जना पक्राउ

१९ मंसिर, काठमाण्डौ। लागूऔषधसहित सो कारोबारमा संलग्न दुई जनालाई आज पर्सा प्रहरीको टोलीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र वीरगञ्ज महानगरपालिका–१० मुर्ली बस्ने २१ वर्षीय सहजाद मन्सुरी रहेका छन् । ना.५६ प ५४१७ नंको सेतो पल्सर मोटरसाइकलको ट्याङ्कीभित्र कालो प्लास्टिकले बेरिएर लुकाई राखिएको सात प्याकेट लागूऔषध खैरो हिरोइन प्लास्टिक अन्दाजी (३.५ ग्राम) प्रहरीले बरामद गरेको थियो ।

[sidebar name="button post"]